Kathmandu Press

संखुवासभामा हत्या गरिएका मृतकको सामूहिक दाहसंस्कार 

काठमाडौ, भदौ २३ : संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ ।सोमबार...
संखुवासभामा हत्या गरिएका मृतकको सामूहिक दाहसंस्कार 
फाइल तस्बिर

काठमाडौ, भदौ २३ : संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्येष्टि गरिएको हो ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको हो ।

मादी नगरपालिका-१ उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 

प्रकाशित मिति: २०:३९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्