हिराचनलाई हटाउने वायुसेवा निगमको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं, साउन ८ : नेपाल वायुसेवा निगमको जापानस्थित जनरल सेल्स एजेन्ट (जिएसए) परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालत....
काठमाडौं, साउन ८ : नेपाल वायुसेवा निगमको जापानस्थित जनरल सेल्स एजेन्ट (जिएसए) परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
एजेन्टबाट विना कारण निगमले हटाएको भन्दै निगम व्यवस्थापनविरुद्ध आसुका ट्राभल्स एण्ड टुर्सका देवमान हिराचनले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले एजेन्ट परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै निगमको जापान उडान पुनः प्रभावित हुने भएको छ। निगमले नयाँ एयरवस ३३०–२०० सिरिजको जहाजमार्फत आगामी भदौ १२ गतेदेखि ओसाका उडानको कार्यतालिका सार्वजनिक गरेको थियो।






