‘एमालेले हामीलाई कारबाही गर भन्नुको कुनै अर्थ छैन’
काठमाडौं, भदौ २३ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ नभएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकबाट...
काठमाडौं, भदौ २३ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको प्रति संकेत गर्दै त्यस्ता कुरा उठाउनुको कुनै अर्थ नभएको प्रष्टाएका हुन् ।
नेपालले आफूहरुले दर्ता गरेको उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते संविधान र कानूनबमोजिम नै दर्ता भएको स्मरण समेत गराए ।
नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको समेत जनाए ।
प्रकाशित मिति: १९:०३ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











