राष्ट्रियसभाको दोस्रो बैठक पनि स्थगित, अर्को बैठक भदौ २५ गते बस्ने
काठमाडौं, भदौ २३ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ ।प्रतिपक्षको निरन्तरको...
काठमाडौं, भदौ २३ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ ।
प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।
दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे ।
प्रकाशित मिति: १८:५३ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











