एमसीसी उपाध्यक्ष सुमार बिहिबार काठमाडौं आइपुग्दै
काठमाडौं, भदौ २३ : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार बिहिबार काठमाडौं आउने भएकी छिन् ।उनी बिहान ८ बजे कतार एयरवेजको...
काठमाडौं, भदौ २३ : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार बिहिबार काठमाडौं आउने भएकी छिन् ।
उनी बिहान ८ बजे कतार एयरवेजको जहाजमा आउने भएकी हुन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन्।
नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतासँग भेटवार्ता गर्ने छिन् । एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपध्यक्ष पदमा नियुक्ति भएकी हुन्।
उनी एमसीसी अनुदान सम्बन्धी नेपाल अमेरिका अन्तिम छलफलका क्रममा सहभागी थिइन्। नेपालले एमसीसी सम्झौतामा सन् २०१७ मा हस्ताक्षर गरेको थियो। सम्झौता भएपछि विवादका कारण कार्यन्वयन हुन सकेको छैन।
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











