Kathmandu Press

कञ्चनपुरमा एकीकृत समाजवादी रोजेका तीन जनप्रतिनिधि एमालेमै फर्किए

काठमाडौं, भदौ २३ : कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने भएका छन् ।बुधबार प्रेस विज्ञप्ति...
कञ्चनपुरमा एकीकृत समाजवादी रोजेका तीन जनप्रतिनिधि एमालेमै फर्किए

काठमाडौं, भदौ २३ : कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने भएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उन‍ीहरूले एमालेमा नै बस्ने जनाएका हुन्  । एमालेमा फर्किने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा नम्बर-३ का वडा सदस्य  भगतराम चौधरी र शान्ती कामी रहेका छन् ।

तीनै जनाले एकीकृत समाजवादीका पक्षमा स्नाखत गरेको भए पनि आफूहरू एमालेमै रहेको विज्ञप्तीमार्फत जनाएका हुन् । 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्