Kathmandu Press

एमाले सांसदको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ।
एमाले सांसदको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

काठमाडौं, भदौ २३ : एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ ।

बुधबार सुरु भएको संसदको नवौँ अधिवेशनमा प्रतिनिधिसभाका दुईवटा बैठक एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजीका कारण स्थगित भएका थिए । १५ मिनट स्थगित भएर सुरु भएको तेस्रो बैठकमा सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश टेबल गर्न अनुमति दिएका थिए ।

मर्यादापालकको सुरक्षामा रोस्ट्रमा पुगेर मन्त्री खाणले अध्यादेश टेबल गरेका हुन् । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने गरी सरकारले अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई आधार बनाएर एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) र जसपाबाट विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए ।

अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक २५ भदौसम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्