Kathmandu Press

एकअर्कालाई दोष दिएर हुँदैन,भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्नुपर्छः देउवा

काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा भइरहेको डुबान समस्याको स्थायी समाधानका लागि भ....

एकअर्कालाई दोष दिएर हुँदैन,भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्नुपर्छः देउवा

काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा भइरहेको डुबान समस्याको स्थायी समाधानका लागि भारतसँग कुरा गर्नु पर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले डुबानको स्थायी समस्या समाधानका लागि भारतसँग कुटनीतिक पहल गर्नु पर्ने बताएका हुन्। उनले एक अर्कालाई दोषारोपन गरेरमात्रै डुबानकाे समस्या समाधान नहुने बताए। 

‘नेपालले भारतलाई र भारतले नेपाललाई दोष लगाएर डुबानको समस्या समाधान हुँदैन,’देउवाले भने,‘सरकारले अब भारतसँग कुरा गरेर समस्या समाधान गर्नुपर्छ।’

देउवाले कोशी ब्यारेज निर्माण हुँदादेखि नै बाँधछेउमा चिया र माछा पसल गरेर जीविकोपार्जन गरिरहेका नेपालीलाई भारतले सुरक्षाका कारण हटाउन खोजेकोले यसको समाधान पनि गर्न आवश्यक रहेको बताए। 

‘कोशी ब्यारेज बनेदेखि नै नेपालीहरुले चिया, माछा र तरकारी पसलहरु चलाइरहेका रहेछन्। तर, अहिले आएर भारतले सुरक्षाका कारण भन्दै हट भनिरहेको रहेछ,’ देउवाले भने,‘उनीहरुलाई सुरक्षा दिने सरकारको दायित्व हो। यो पनि कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्छ।’ 
 

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, साउन ८, २०७६