एकीकृत समाजवादीका लागि गरेको सनाखत सदर गराइदिन माग गर्दै एमाले सांसदद्वय पाण्डे र भट्ट सर्वोच्चमा
एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेशका लागि निर्वाचन आयोगमा गरेको सनाखत सदर गराइदिन माग गर्दै संघीय सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
काठमाडौं, भदौ २३ : एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेशका लागि निर्वाचन आयोगमा गरेको सनाखत सदर गराइदिन माग गर्दै संघीय सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
निर्वाचन आयोगले आफूहरूको सनाखत सदर नगरिदिएको उनीहरूले रिटमा उल्लेख गरेका छन् । उक्त सनाखत सदर गरिदिने दुवैले अन्तरिम आदेश माग गरेका छन् ।
आयोगमा सनाखतपछि पनि अहिलेसम्म अभिलेखमा आफूहरू नाम एमाले सांसदकै रूपमा रहेको र मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरूमाथि एमालेले गर्न सक्ने कारवाही रोक्न पनि उनीहरूले अन्तरिम आदेश माग गरेका छन् ।
प्रकाशित मिति: १७:५० बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











