सभामुखको आग्रहका बावजुद एमालेको नाराबाजीका कारण प्रतिनिधिसभा बैठक पुनः स्थगित
सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक बैठक सञ्चालन गर्न सहयोगका लागि गरेको आग्रहपछि पनि एमाले सांसदहरूले उनीविरुद्ध नाराबाजी कायम राखेपछि प्रतिनिधिसभा बैठक पुनः १५ मिनटका लागि स्थगित भएको छ।काठमाडौं, भदौ २३ : सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक बैठक सञ्चालन गर्न सहयोगका लागि गरेको आग्रहपछि पनि एमाले सांसदहरूले उनीविरुद्ध नाराबाजी कायम राखेपछि प्रतिनिधिसभा बैठक पुनः १५ मिनटका लागि स्थगित भएको छ ।
यसअघि १५ मिनट स्थगित भएर सुरु भएको बैठक पनि एमाले सांसदहरूले नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।
उनीहरूको मागमा ध्यानाकर्षण भएको बताउँदै सभामुख सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए । तर, एमाले सांसदहरू रोकिएनन्, नाराबाजी गरिरहे । त्यसपछि सभामुखले बैठक पुनः १५ मिनटका लागि स्थगित गरेका हुन् ।
प्रकाशित मिति: १७:२२ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











