Kathmandu Press

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असोज १६ गते

काठमाडौं, भदौ २३ : एक्सेल डेभलपमेन्ट बैंकले आगामी असोज १६ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ।सञ्चालक समितिको मंगलबार बसेको बैठकले झापाको...
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असोज १६ गते

काठमाडौं, भदौ २३ : एक्सेल डेभलपमेन्ट बैंकले आगामी असोज १६ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेदेखि साधारण सभा गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत १०ः३ प्रतिशतको अनुपातमा हकप्रद दिने प्रयोजनार्थ असोज १ गते सेयरधनी दर्ता पुस्तिका बन्द रहने निर्णय पनि गरेको छ। 

साधारण सभाको प्रयोजनका लागि आगामी असोज १ गतेदेखि १६ गतेसम्म सेयर दाखिला खारेज कार्य बन्द गर्ने निर्णय पनि बैठकले गरेको कम्पनी सचिव श्यामबहादुर बोहराले जानकारी दिए।

यस बैंकको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ।

   

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, भदौ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्