प्रतिनिधिसभा बैठक पुनः सुरु, सभामुखविरुद्ध एमाले सांसदको नाराबाजी
१५ मिनट स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ। एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन्।काठमाडौं, भदौ २३ : १५ मिनट स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।
एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन् ।
एमालेले आफ्ना तत्कालीन १४ सांसदलाई कारवाही नगरेसम्म सदन चलाउन नदिने निर्णय गरेको छ ।
सभामुख सापकोटाले आफूले संविधान र कानूनभन्दा बाहिर गएर कुनै काम नगरेको बताउँदा पनि एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर उभिएर नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: १७:०३ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











