Kathmandu Press

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौं, भदौ २३ : एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्ना १४ सांसदलाई गरेको निष्कासनको कारवाहीलाई सभामुखले मान्यता नदिएको उल्लेख गर्दै उनीहरूलाई कारवाही नभएसम्म सदन चल्न नदिने बताएका थिए ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या उतै निरुपण हुने बताउँदै बैठक सञ्चालन गर्न दिन आग्रह गरे । तर, एमाले सांसदहरू सिटमा उठिरहेपछि अध्यक्ष तिमिल्सिनाले आधा घण्टाका लागि बैठक स्थगित गरे ।

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्