Kathmandu Press

थप १६४० जनामा संक्रमण पुष्टि, १० को मृत्यु

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने २१६१ जना संक्रमणबाट मुक्त भएका छन् ।
थप १६४० जनामा संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं, भदौ २३ : पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अनुसार पीसीआर परीक्षणमा १३४७ र एन्टिजेनमा २९३ गरी १६४० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३,४५५ परीक्षण भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने २१६१ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्