प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित
एमाले सांसदहरूले नाराबाजी कायम राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।
काठमाडौं, भदौ २३ : एमाले सांसदहरूले नाराबाजी कायम राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।
संघीय संसदको नवौँ अधिवेशन आह्वान गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाउन नपाउँदै एमाले सांसदहरूले सदन अवरुद्ध बनाएका थिए ।
त्यसपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई सभामुख सापकोटाले बोल्न समय दिएका थिए ।
भट्टराईले एमाले विभाजन गर्न सभामुख मतियार बनेको आरोप लगाएका थिए । सभामुख सापकोटाले उनको प्रश्नको जवाफ दिँदै गर्दा एमाले सांसदहरूले नाराबाजी कायम राखेका थिए । त्यसपछि बैठक १५ मिनटका लागि स्थगित भएको हो ।
प्रकाशित मिति: १६:२४ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











