सभामुख सापकोटाको निर्णयमाथि एमालेको प्रश्न- किन हाम्रो दल टुक्र्याउन मतियार बन्नुभयो ?
आफ्ना तत्कालीन १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेकामा एमालेले सदनमा प्रश्न उठाएको छ ।
काठमाडौं, भदौ २३ : आफ्ना तत्कालीन १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेकामा एमालेले सदनमा प्रश्न उठाएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले आफ्नो दल विभाजन गर्न मतियार बनेको आरोप लगाए ।
उनले उठाएका प्रश्नबारे सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरू रोस्ट्रम नजिक पुगेर नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: १६:१६ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











