संसद् अधिवेशन सुरु, एमाले सांसदले गरे सदन अवरोध
प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन सुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाउन नभ्याउँदै एमाले सांसदहरूले होहल्ला गर्दै सदन अवरुद्ध गरेका छन्।
काठमाडौं, भदौ २३ : संघीय संसद्को नवौँ अधिवेशन सुरु भएको छ ।
प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन सुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाउन नभ्याउँदै एमाले सांसदहरूले होहल्ला गर्दै सदन अवरुद्ध गरेका थिए ।
सांसदहरूलाई स्वागत गर्छु भन्न नपाउँदै अवरोध भएपछि एमाले सांसदहरूले होहल्ला सुरु भएपछि सभामुखले भने, ‘माननीय सांसदहरूलाई स्वागत त गर्न पाइन्छ होला नि ?’
त्यसलगत्तै एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका छन् ।
प्रकाशित मिति: १६:११ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











