Kathmandu Press

तलिबानले सरकार गठन गरे, विरोध कायमै

तलिबानले सरकार गठन गरे, विरोध कायमै

काबुल, भदौ २३ : तालिबानले हिजो सरकार गठन गरेका छन्। उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ।

केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए। यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए।

Hardik ivf

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ। तालिबानको सरकारका विरुद्धमा अपगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो।

उनीहरुले शुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। 

अगष्ट १५ मा अफगानिस्तानका तालिबानीले यहाँको सत्ता कब्जा गरेका थिए। आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरुले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए।  
 

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्