Kathmandu Press

सरकारलाई असफल बनाउन कर्मचारी युनियन खारेजको भ्रम फिँजाए : प्रधानमन्त्री

काठमाडौं, साउन ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।

प्रधानमन्त....

सरकारलाई असफल बनाउन कर्मचारी युनियन खारेजको भ्रम फिँजाए : प्रधानमन्त्री

काठमाडौं, साउन ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भएको बताए। ‘सरकारलाई असफल बनाउन कर्मचारीहरूको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाए। कर्मचारी युनियन खारेज हुँदैन,’ कर्मचारी युनियनका पदाधिकारीसँग प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क हुनुहोस्, कर्मचारी युनियन खारेज हुँदैन।’

बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उनले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न निर्देशन दिए। ‘कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने होइन। त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले सरकारलाई दिमाग र कर्मचारीहरुलाई हातखुट्टाको रुपमा चित्रण गर्दै कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने बताए।

प्रधानमन्त्री ओलीले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै आन्दोलनान जाने धम्की नदिन पनि सचेत गराए।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेकाले उनीहरुको समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।

उनले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुको तहगत प्रणाली अनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नगर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले कर्मचारीको मागका विषयमा पुनः छलफल गरेर आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, साउन ८, २०७६