Kathmandu Press

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको, भदौ २३ : मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७।१ म्याग्निच्युडको भूकम्प गएको छ। हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण एक व्यक्तिको मृत्यु भएको छ। 

कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताएका छन्।

Hardik ivf

भूकम्प गएको अवस्थामा राजधानीबाट सयौँ किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको यहाँ राष्ट्रिय भूकम्प विभागले जनाएको छ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन्।  

केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताए।  

कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटक होटेलबाट निस्किएका छन्। 
 

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्