वागमतीकी मुख्यमन्त्री शाक्यले विस्तार गरिन् प्रदेश सरकार, १० मन्त्री थपिए
एमाले विभाजन भएपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आफूजस्तै माधवकुमार नेपालको साथ छाडेका सांसदहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेकी हुन् ।
काठमाडौं, भदौ २३ : वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्ले मन्त्रिमण्डल विस्तार गरेकी छन् ।
उनको सरकारमा १० जना मन्त्री थपिएका छन् । एमाले विभाजन भएपछि अल्पमतमा परेकी शाक्यले मन्त्रिमण्डल विस्तार गरेकी हुन् । विस्तारित मन्त्रिमण्डलमा एमाले विभाजनपछि माधवकुुमार नेपाललाई साथ नदिएका सांसदहरू पनि छन् ।
अजय क्रान्ति शाक्य, चन्द्र लामा, रचना खड्का, शान्तिप्रसाद पौडेल, प्रदीप कटुवाल, विजय सुवेदी, सरस्वती बाटी, बद्री मैनाली, जुनेली श्रेष्ठ र जीवन खड्का प्रदेश सरकारमा मन्त्री बनेका छन् । बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री बनेका छन् ।
प्रकाशित मिति: १४:१० बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











