Kathmandu Press

नेता-कार्यकर्तालाई पद, प्रतिष्ठा र पैसाको मोहबाट मुक्त हुन प्रचण्डको आग्रह

काठमाडौं, भदौ २३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता-कार्यकर्ताहरुलाई पद, प्रतिष्ठा र पैसाको मोहबाट मुक्त हुन आग्रह गरेका छन्।जनयुद्धमा मारिएका...
नेता-कार्यकर्तालाई पद, प्रतिष्ठा र पैसाको मोहबाट मुक्त हुन प्रचण्डको आग्रह

काठमाडौं, भदौ २३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता-कार्यकर्ताहरुलाई पद, प्रतिष्ठा र पैसाको मोहबाट मुक्त हुन आग्रह गरेका छन्।

जनयुद्धमा मारिएका सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेलको २२औं स्मृति दिवसका अवसरमा आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद, प्रतिष्ठा र पैसाका लागि मरिमेट्ने हो भने पार्टी विघटन गरिदिए हुने बताए।

समाजको रुपान्तरण, क्रान्ति र परिवर्तनका निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी एमालेजस्तै हुँदा पार्टीको औचित्य नै समाप्त हुन लागेको उनले बताए। एमालेजस्तो हुनुभन्दा त  पार्टी विघटन नै गरिदिए राम्रो हुने उनको भनाइ थियो।

‘उनले आफूहरू सच्चिनै पर्ने अन्यथा माओवादी लोगोमा सीमित हुने भन्दै कार्यकर्तालाई सचेत पनि गराए। ‘पद, पैसा, प्रतिष्ठा, गुटका लासग मरिहत्ते हाल्ने हो भने थाहै नपाई पार्टी क्रान्तिका निम्ति आवश्यक औजार नबनेर प्रतिक्रान्तिलाई सेवा गर्ने ठाउँमा पुग्ने खतरा रहेको उनले बताए।

उनले माओवादी माओवादीको रुपान्तरण सामान्य बलले नहुने पनि बताए। उनले प्रतिगमन हुन लाग्दा तुरुन्तै आन्दोलन गर्ने र नयाँ खालको जनयुद्ध लड्न तयार हुने माओवादी कार्यकर्ताको विशेषता भएको स्पष्ट पारे।

‘हामी बिग्रेका छौं तर पनि त्यो क्रान्ति मोह, परिवर्तन, जनता र राष्ट्रप्रतिको जिम्मेवारीवोध मनबाट गएको चाहिं छैन,’ उनले भने, ‘पार्टीले, लिडरसिपले यदि परिवर्तनका लागि आह्वान गर्यो भने जर्याकजुरुक उठेर फेरि प्रतिक्रियावादीहरुको सातोपुत्लो खान सक्ने ताकत यही पार्टीसँग छ, यो हामी सबैका निम्ति उज्यालो भविष्यको शुभसंकेत हो।’

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्