Kathmandu Press

निर्मलाकी आमा भन्छिन्, 'मेरो जासुसी भैरहेको छ'

कञ्चनपुर, माघ १६ : निर्मला पन्तकी आमा दुर्गाले केही दिनयता नयाँ मान्छेलाई भेट्न मुस्किल भएको बताएकी छन् । कसैले आफूमाथि निगरानी गरिरहेको उनको भना....

निर्मलाकी आमा भन्छिन्, 'मेरो जासुसी भैरहेको छ'

कञ्चनपुर, माघ १६ : निर्मला पन्तकी आमा दुर्गाले केही दिनयता नयाँ मान्छेलाई भेट्न मुस्किल भएको बताएकी छन् । कसैले आफूमाथि निगरानी गरिरहेको उनको भनाइ छ ।

घरमा नयाँ मान्छे आउँदा पनि समस्यामा परिरहेको उनले बताएकी छन् । काठमाडौं प्रेससँग कुराकानी गर्दै उनले भनिन, ‘कसैले मेरो जासुसी गर्न मान्छे खटाएका छन कि जस्तो लागेको छ । मैले कसैसँग कुराकानी गर्दा चार/पाँच जना मान्छे आइहाल्छन् ।’

मैले कोसँग भेटे, किन भेटे, को आयो ? भनेर आफुमाथि नै जासुशी हुन थालेको उनको भनाई छ । 'भेटेर गएपछि पनि यताउता आएर के हो ? कस्तो हो ? के कुरा भयो भनेर सताउने गरेका छन्,’ दुर्गाले भनिन् ।

Hardik ivf

डिएनए परीक्षणको विषयलाई लिएर घरमा भएको विवादले झन समस्या थपेको उनको भनाइ छ । श्रीमानले पनि अरुको बहकाउनमा लागेर दुःख दिइरहेको दुर्गाले गुनासो गरिन् । ‘मेरो पक्षमा कुरा गर्नेलाई गाली गर्ने उहाँको पहिलेदेखिको बानी हो, अहिले पनि त्यस्तै गरिरहनु भएको छ,’ उनले भनिन् ।

गत साउन १० गते साथीको घरमा कापि लिन गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त वेपत्ता भएकी थिइन् । उनको साउन ११ गते घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । मेडिकल रिपोर्टमा बलात्कारपछि हत्या गरिएको देखिएको थियो ।

त्यसयता घटनाको अनुसन्धानका लागि दर्जनौ छानविन समिति बनेका छन् । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत उच्च स्तरीय छानविन समिति खटाएको थियो । तर, कुनै पनि छानविन समिति हत्या कसरी भयो भन्नेसम्म समेत पत्ता लगाउन सकेनन् ।

सरकारले अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी डिल्लीराज बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरिसकेको छ । अहिले पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

निर्मलाकी आमाले भने आफ्नी छोरीको हत्यारा पत्ता लगाएर कारवाही गराउन अहिले लागिपरेकी छन् । ६ महिनासम्म हत्यारा पत्ता लगाएर कारवाही नगरिएकाले नै आफ्नो घरपरिवारमा समस्या थपिदै गएको उनको भनाइ छ । उनका श्रीमान यज्ञराजले यस अघि कुटपिट गरेको भिडियो समेत भाइरल भएको थियो । अहिले पनि उनले दुःख दिन छोडेका छैन ।

कतिपयले राहत रकमसँग जोडेर बदनाम गर्न खोजेको दुर्गाको गुनासो छ । आफ्नी छोरीभन्दा ठूलो केही नभएको उनले बताइन् । ‘मेरा लागि मेरी छोरीभन्दा ठूलो पैसा होइन । मलाई पैसा देऊ भनेको छैन, मेरी छोरीका हत्यारालाई कारवाही गरिदिनुस, मलाई अरु केही चाहिँदैनँ,’ उनले सरकारसँग आग्रह गरिन् ।

प्रकाशित मिति: १९:५७ बजे, मंगलबार, माघ १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्