Kathmandu Press

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं, भदौ २३ : संसद् अधिवेशन सुरु हुनुअघि नेकपा (एमाले)ले संसदीय दलको बैठक बस्न लागेको छ।एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा...
ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं, भदौ २३ : संसद् अधिवेशन सुरु हुनुअघि नेकपा (एमाले)ले संसदीय दलको बैठक बस्न लागेको छ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आज बिहान संसदीय दलको बैठक बोलाएका हुन्। बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

उनका अनुसार आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो। बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने जनाइएको छ।

एमाले नेताहरु संसद्मा अवरोध गर्ने बताउँदै आएका छन्। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएको छ।

प्रकाशित मिति: ०६:५६ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्