Kathmandu Press

आज संसद्को दशौं अधिवेशन सुरु हुँदै

काठमाडौं, भदौ २३ : आजबाट संघीय संसद्को दशौं अधिवेशन सुरु हुन लागेको छ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे संसद् अधिवेशन...
आज संसद्को दशौं अधिवेशन सुरु हुँदै

काठमाडौं, भदौ २३ : आजबाट संघीय संसद्को दशौं अधिवेशन सुरु हुन लागेको छ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्। आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

संघीय संसद्‍मा मा नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) थपिएका छन्। नयाँ दल थपिएसँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको व्यवस्थापन पनि त्यहिअनुसार, मिलाइएको छ।

नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिएको संघीय संसद्‍ सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए। सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम उनले बताए।

सत्तापक्षक सिटमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने व्यवस्था गरिएको छ। त्यस्तै, प्रतिपक्षीतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन गरिएको छ।

त्यस्तै, स्वतन्त्र सांसद सांसदलाई बीचमा सिटको व्यवस्थापन गरिएको प्रवक्ता धमलाले जानकारी दिए।

प्रकाशित मिति: ०९:४५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्