Kathmandu Press

वर्षाले देशभरका अधिकांश विमानस्थल बन्द, उडान रद्द

काठमाडौं, साउन ८ : आज बिहानैदेखिको भारी वर्षाका कारण  देशभर अधिकांश विमानस्थलमा हवाई सेवा बन्द गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान....

वर्षाले देशभरका अधिकांश विमानस्थल बन्द, उडान रद्द
फाइल फोटो

काठमाडौं, साउन ८ : आज बिहानैदेखिको भारी वर्षाका कारण  देशभर अधिकांश विमानस्थलमा हवाई सेवा बन्द गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द गरिएको हो। वर्षाका कारण चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर र पोखरालगायतका विमानस्थल बन्द गरिएको छ।

भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै संचालनमा रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए। देशभर ३० वटा विमानस्थल संचालनमा रहेका छन।

वर्षामा भिजिबिलिटी कम तथा धावनमार्गमा पानी जमेपछि पूर्वनिर्धारित सबै उडान रद्द गरिएको छ।

प्रकाशित मिति: ११:५४ बजे, बुधबार, साउन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्