Kathmandu Press

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने

काबुल, भदौ २२ : अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत दिएको हो।

अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो।

बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन्। 

अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो। उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ।

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, भदौ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्