Kathmandu Press

संसद बैठकअघि प्रतिपक्षी एमाले दलको बैठक बस्ने तयारी 

काठमाडौं, भदौ २२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्नुअघि संसदीय दलको बैठक बोलाएको छ ।संसदमा कसरी प्रस्तुत हुने भन्ने...
संसद बैठकअघि प्रतिपक्षी एमाले दलको बैठक बस्ने तयारी 

काठमाडौं, भदौ २२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्नुअघि संसदीय दलको बैठक बोलाएको छ ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएको छ ।

स्रोतका अनुसार बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाउने गरी तयारी छ । संसद् बैठक बुधबार (भदौ २३) अपराह्न ४ बजेका लागि बोलाइएको छ।

पछिल्लो समय सत्तारुढ दलसँग रुष्ट बनेको प्रतिपक्षी एमालेले बुधबार बस्ने प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने तयारी समेत गरेको बुझिएको छ । 
 

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्