Kathmandu Press

बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

मिन्स्क, भदौ २२ : बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ। बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो। सेप्टेम्बर ६ सोमबारका दिन...
बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

मिन्स्क, भदौ २२ : बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ। बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो। सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ वर्षको कैद सजाय सुनाइएको छ।

कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेका थिए। गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो।

कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ। लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० वर्ष जेल सजाय सुनाइएको छ। कोलेस्निकोवा, एक संगीतकारबाट राजनीतिमा आएका हुन्।

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, भदौ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्