Kathmandu Press

परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसंघ

जेनेभा, भदौ २२ : तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई  उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ। उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै...
परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसंघ

जेनेभा, भदौ २२ : तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई  उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ। उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ।   

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए। 

युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भने, ‘हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौ। अझै धेरै बालबालिकाहरूले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो संख्या थप बढ्नसक्ने छ। उनीहरूको पहिचान तथा छानविन गर्ने प्रयास जारी छ। 

यूनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिंदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए।

अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिशनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, यूरोप लगायतका केही एशियाली मुलुकमा शरण दिइएको छ ।

जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो।

फोरले भने, ‘विमानस्थलमा सङ्कट देखा परेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटीहरू कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्न सक्छु।’ छुट्टिएका बालबालिकाहरू ‘संसारका सबैभन्दा कमजोर केटाकेटीहरूमध्ये’ भएका उनले औंल्याए।

‘पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरुलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्यक छ,’ उनले जोड दिए। उनले भने, ‘सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुब्र्ययबहार, उपेक्षा र हिंसाबाट जोगाउनुपर्छ।’

युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ।

प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, भदौ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्