Kathmandu Press

बैतडीमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते

बैतडी, साउन ८ : बैतडीको खोडपेमा आज बिहान बोलेरो दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी....

बैतडीमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते
काठमाडौं प्रेस

बैतडी, साउन ८ : बैतडीको खोडपेमा आज बिहान बोलेरो दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नं.को यात्रुवाहक बोलेरो पाटन नगरपालिका–८ आरुवाटामा दुर्घटना भएको हो।

दुर्घटनामा दार्चुलाको महाकाली नगरपालिका–९ का ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा महाकालीकै २४ वर्षीय हिक्मत सामन्त र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन्।

चिप्लो बाटो, पानी र कुहिरोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

त्यस्तै, कैलालीको बुड्तोलामा से १ ज १०७८ नम्बरको बोलेरो दुर्घटना भएको छ। बैतडीको पञ्चेश्वरबाट धनगढी जादै गरेको बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:२५ बजे, बुधबार, साउन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्