अमेरिकाको न्यूयोर्कमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. केसीको आग्रह
काठमाडौं, भदौ २२ : डाक्टर गोविन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका...
काठमाडौं, भदौ २२ : डाक्टर गोविन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका लागि अनुरोध गरेका छन् ।
विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन उनले एक विज्ञप्ति जारी गर्दै अपिल गरेका हुन्।
केसीले यो प्रदर्शनी एउटा नेपालीक तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास लिएको डा. केसीले जनाएका छन् ।
नेपालको समग्र स्वास्थ्य शिक्षा तथा सेवाको सुधारका अभियानलाई निरन्तरता दिदैं विगत दुई दशकदेखि विश्वका अन्य धेरै देशहरुमा भएका प्राकृतिक र मानव निर्मित प्रकोपका बेला मानवीय राहत कार्यमा पनि म निरन्तर संलग्न रहदै आएको स्मरण समेत केसीले गराएका छन् ।











