Kathmandu Press

प्रतिनिधि सभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ २२ : भोली (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । भोली बस्ने बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानको पत्र पढेर सुनाउने, गृहमन्त्रीले राजनीतिक...
प्रतिनिधि सभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ २२ : भोलि  (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । भोलि  बस्ने बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानको पत्र पढेर सुनाउने, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश पढेर सुनाउने लगायत शोक वक्तव्य पढेर सुनाउने कार्यक्रम रहेको छ ।

आज संसद सचिवालयले संसद बैठकको सम्भावित कार्यसूची सार्बजनिक गर्दै यस्तो बताएको हो । यस्तै अन्य विभिन्न अध्यादेशहरु मन्त्रीहरुले संसद्मा प्रस्तुत गर्ने कार्यसूची समेत राखिएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्