Kathmandu Press

देशभर भारी वर्षा, ठूला नदीहरूमा बाढीको सम्भावना प्रवल

काठमाडौं, साउन ८ : आज बिहानैदेखि देशभर वर्षा भइरहेको छ। प्रदेश २ बाहेक सबै क्षेत्रमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसा....

देशभर भारी वर्षा, ठूला नदीहरूमा बाढीको सम्भावना प्रवल
जल तथा मौसम विज्ञान विभाग

काठमाडौं, साउन ८ : आज बिहानैदेखि देशभर वर्षा भइरहेको छ। प्रदेश २ बाहेक सबै क्षेत्रमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहानैदेखि चुरे र मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको छ। प्रदेश १, ३, ५ सँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेकाले बाढीको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार, मध्यपहाडी र चुरे क्षेत्रका खोलामा बाढीको जोखिम रहेको छ। देशका केही ठूला नदीमा पनि बाढीको सम्भावना धेरै रहेको छ।

बबई नदीमा पानीतको सतह सतर्कता नजिक पुगेको छ। वर्षा हुने क्रम जारी रहेकाले बर्दियाको बबई तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहने आग्रह गरिएको छ। त्यस क्षेत्रमा आज साँझसम्म बाढीको जोखिम अत्यधिक रहेको जनाएको छ।

त्यस्तै, चुरे र मध्यपहाडी क्षेत्रमा भारी वर्षा भइरहेकाले चितवन, पर्सा, बारा, मकबानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा बाढी आउने जनाएको छ। ति जिल्लामा नदी टतीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार, चितवनको माडी क्षेत्रको कल्याणपुर, बनकट्टा, ठोरी र आसपास भारी बर्षा मापन गरिएको छ। रिउखोला बनकट्टा बाढी मापन केन्द्रमा बहावले सतर्कता पार गरेको छ।

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, साउन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्