Kathmandu Press

एमालेमै बस्ने निर्णय गर्दै सुदूरपश्चिमका दुई मन्त्रीले दिए पदबाट राजीनामा

पार्टी विभाजनमा एमालेमै बस्ने निर्णय गर्दै सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
एमालेमै बस्ने निर्णय गर्दै सुदूरपश्चिमका दुई मन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं, भदौ २२ : पार्टी विभाजनमा एमालेमै बस्ने निर्णय गर्दै सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराज छन् । उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

शाहले प्रदेश सरकारमा सुरुदेखि नै एमालेको नेतृत्व गर्दै आएका थिए । सुरुमा उनी आन्तरिक मामिला मन्त्री थिए । पछि आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । राज्यमन्त्री गहतराज गत जेठमा नियुक्त भएकी थिइन् ।

एमालेमै बस्ने निर्णय गर्दै उनीहरूले पदबाट राजीनामा दिएको बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदबाटै बहुमत पुग्ने अवस्था छ । तथापि, शाह र गहतराज दुवै एमालेमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्षमा थिए ।

५२ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १४ सांसद छन् । सरकारलाई बहुमतका लागि २७ सांसद आवश्यक हुन्छन् । उक्त प्रदेशसभामा कांग्रेसका १२ सांसद छन् ।

प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्