Kathmandu Press

विश्वकप छनोटमा नेपाललाई ८४ रनको लक्ष्य

काठमाडौं, साउन ८ : टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रको प्रतियोगितामा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

वर्षाका कारण नौ....

विश्वकप छनोटमा नेपाललाई ८४ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं, साउन ८ : टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रको प्रतियोगितामा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

वर्षाका कारण नौ ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले सात विकेट गुमाएर ८३ रन बनाएको छ।

मलेसियाका लागि सेद अजिजले १५ बलमा ३० र वीरनदीप सिंहले १७ बलमा २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक नबनाए पनि बाउन्ड्री प्रहार गर्दै बाहिरिए।

नेपालका लागि सोमपाल कामीले तीन, बसन्त रेग्मीले दुई, सन्दीप लामिछाने र करन केसीले एक विकेट लिए।

नेपालका लागि विजयी लक्ष्य भेट्याउन प्रदीप ऐरी र ज्ञानेन्द्र मल्ल ओपनिङमा आएका छन्।

प्रकाशित मिति: १०:२६ बजे, बुधबार, साउन ८, २०७६