Kathmandu Press

उपत्यकामा थपिए ५१९ कोरोना संक्रमित

उपत्यकामा थपिए ५१९ कोरोना संक्रमित

काठमाडौं, भदौ २२ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५१९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जनामा संक्रमण देखिएको हो ।  

यस्तै काठमाडौं उपत्यकामा ७३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४०१९, ललितपुरमा २०१५ र भक्तपुरमा १२७६ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप १६७७ जनामा संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्