थप १६७७ जनाका कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु
अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८७९ जनाको मृत्यु भएको छ।
काठमाडौं, भदौ २२ : पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा अहिले ३० हजार ३०३ जना सक्रिय संक्रमित छन्।
त्यस्तै मंगलबार २०७२ संक्रमित निको भएका छन्। योसँगै अहिलेसम्म सात लाख ३१ हजार जना संक्रमणमुक्त भइसकेका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८७९ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











