Kathmandu Press

खाद्य अभाव सामना गर्न श्रीलंकामा संकटकाल

खाद्य अभाव सामना गर्न श्रीलंकामा संकटकाल

कोलम्बो  भदौ २२ : श्रीलंकामा राष्ट्रपति गोतबया राजपक्षेले खाद्यान्‍नको अभाव हुन नदिन र आपूर्ति सहज बनाउनुपर्ने भन्दै लगएको संकटकाल संसद्‌ले अनुमोदन गरेको छ। 

श्रीलंकामा खाद्यान्‍न अभाव र मूल्य आकासिएको छ। 

राष्ट्रपति राजपक्षेले खाद्यान्‍नको अभाव हुन नदिन र आपूर्ति सहज बनाउनुपर्ने भन्दै अगस्ट ३० मा मुलुकभर संकटकाल घोषणा गरेका थिए । 

त्यहाँका प्रतिपक्ष सांसदहरुले अन्य कानुनबाटै आपूर्ति सहज बनाउने सकिने अवस्था हुँदा पनि संकटकाल लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

श्रीलंकाको संविधान अनुसार संकटकाल घोषणा भएको १४ दिनभित्र संसद्बाट अनुमोदन गराउनुपर्छ। २२५ सदस्य रहेको त्यहाँको संसद्मा राष्ट्रपतिले लगाएको संकटकालको पक्षमा १३२ मत र विपक्षमा ५१ मत खसेको समाचारमा जनाइएको छ । 

केही हप्तायता श्रीलंकामा ग्यास, चिनी, दूध पाउडरलगायतका खाद्यान्‍न तथा अन्य सामग्रीहरु अभाव हुँदै आएको छ। 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्