Kathmandu Press

१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

काठमाडौं, भदौ २२ : शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणकालागि आकर्षण देखिएको छ। पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको...
१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

काठमाडौं, भदौ २२ : शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणकालागि आकर्षण देखिएको छ। पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ। सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी.) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ। दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ।

शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ। यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन्। कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन्।

अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ। अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए।
 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, भदौ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्