Kathmandu Press

राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक, विजेताले १० लाख पाउने

काठमाडौं, भदौ २२ : पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ। मंगलबार एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच...
राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक, विजेताले १० लाख पाउने

काठमाडौं, भदौ २२ : पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ। मंगलबार एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय फुटबल लिगको तालिका सार्वजनिक गरिएको हो।

१० टिम सहभागी फुटसल लिग असोज २ गतेबाट पोखराको बहुउद्देश्यीय कर्भडहलमा सुरु हुनेछ। सार्वजनिक तालिका अनुसार पहिलो दिन द राइजिङ स्टार क्लब धरान र स्काइ गोल्स काठमाडौं भिड्ने छन्। सोही दिन हुने अर्को खेलमा स्पोर्ट्स क्यास्टल पोखरा र प्रभातफेरी युथ क्लब भिड्ने छन्। 

लिग चरणका शीर्ष दुई टिम क्वालिफायर १ खेल्ने छन् । तेस्रो र चौथो स्थानका टिम एलिमिनेटर खेल्ने छन्। क्वालिफायर १को विजेता सिधै फाइलन पुग्ने छ भने हार्ने टिमले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ। उसले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर २ खेल्ने छ।

क्वालिफायर १ र एलिमिनेटर असोज २० गते हुने छ भने क्वालिफायर २ असोज २१ गते हुनेछ। प्रतियोगिताको फाइनल असोज २२ गते हुने छ। 

लिग अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटलस कमिटीले आयोजना गरेको हो। प्रतियोगिताको विजतो १० लाख रुपैयाँ पाउने छ भने उपविजेताले ५ लाख रुपैयाँ पाउने छ। यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन्।

लिगमा फुटसल फाइभ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल फुटसल, स्पोर्ट्स क्यासल, सबिन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्