Kathmandu Press

दश दिन ढिला राष्ट्र बैंकले आज माैद्रिक नीति सार्वजनिक गर्दै 

काठमाडौं, साउन ८ : नेपाल राष्ट्र बैंकले दश दिन ढिला गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । अहिले विहानदेखि माैद्रिक नीतिलाई अन्तिम रुप दिन संच....

दश दिन ढिला राष्ट्र बैंकले आज माैद्रिक नीति सार्वजनिक गर्दै 
फाइल फोटो

काठमाडौं, साउन ८ : नेपाल राष्ट्र बैंकले दश दिन ढिला गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । अहिले विहानदेखि माैद्रिक नीतिलाई अन्तिम रुप दिन संचालक समितिकाे बैठक बसिरहेकाे छ। संचालक समितिमा विवाद बढ्दा नीति आउन समेत ढिला भएकाे हाे ।

संचालक समितिबाट पास गरेर आज दिउँसो ४ बजेसम्म नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेकाे छ।

संघीय सरकारले गत जेठ १५ गते संघीय बजेट ल्याएपछि असारको अन्तिम सातासम्ममा राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरिएकाे थियाे।

स्प्रेड दरमा कडाइ, बैंकका सिइओहरुकाे कुलिङ पिरियडमा कडाई, प्राथमिकता क्षेत्रमा सहज ऋण लगायतमा कडा प्रावधान रहने गरी नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेकाे छ । 

तर, बैंकहरुले बिग मर्जरमा जानु पर्ने बिषयमा भने कडाइ गर्नबाट गभर्नर डा. चिरञ्जीवी नेपाल केही पछाडी हट्ने भएका छन् ।

प्रकाशित मिति: ०९:३० बजे, बुधबार, साउन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्