Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्यामा फेरि कमी

नयाँ दिल्ली, भदौ २२ : भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ। पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि...
भारतमा कोरोना संक्रमितको संख्यामा फेरि कमी

नयाँ दिल्ली, भदौ २२ : भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ।
 
पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो। 

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् । 

Hardik ivf

केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन्। तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन्। 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी एक दिनमा ४२ हजार ९४२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

कोरोना शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख २४ हजार ९३७ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ। 

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुँदै आएको छ। त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि बृद्धि भएको छ। मङ्गलबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९२ हजार ८६४ जना छन्। 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्