Kathmandu Press

एमाले अध्यक्ष ओलीको रिटमा पक्ष-विपक्षलाई झिकाउने आदेश

एमालेका तत्कालीन १४ संघीय र लुम्बिनी प्रदेशका दुई सांसदलाई पदमुक्त गर्ने मागसहित अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ भदौमा पक्ष-विपक्ष दुवैलाई झिकाउन आदेश दिएको छ।
एमाले अध्यक्ष ओलीको रिटमा पक्ष-विपक्षलाई झिकाउने आदेश

काठमाडौं, भदौ २२ : एमालेका तत्कालीन १४ संघीय र लुम्बिनी प्रदेशका दुई सांसदलाई पदमुक्त गर्ने मागसहित अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ भदौमा पक्ष-विपक्ष दुवैलाई झिकाउन आदेश दिएको छ ।

सांसदहरूलाई पदमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा छलफलका लागि सर्वोच्चले बोलाएको हो । रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।

यस्तै, सर्वोच्चले निर्वाचन आयोगलाई नेकपा (एकीकृत समाजवादी)को दर्ता प्रक्रिया नमिलेको र कानूनविपरीत रहेको ओलीको दाबीमा १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

आयोगको लिखित जवाफ पेश भएको तेस्रो दिनका लागि पेशी पनि तोकिएको छ ।

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्