Kathmandu Press

बेलायतमा कोरोना संक्रमितको संख्या ७० लाख पुग्यो

बेलायतमा कोरोना संक्रमितको संख्या ७० लाख पुग्यो

लण्डन, भदौ २२ : बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ। 

कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो। 

Hardik ivf

बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए। यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ।

यसैगरी यहाँ गएको २४ घन्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि पाइएको जनाइएको छ। यहाँ हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ। 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ। यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ।
 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्