बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन
काठमाडौं, साउन ७ : बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोनसन हुने भएका छन्।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा जोन....

काठमाडौं, साउन ७ : बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोनसन हुने भएका छन्।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा जोनसन भारी मतले निर्वाचित भएका हुन् । उनले कन्जरभेटिभ पार्टीका अर्का नेता जेरेमी हन्टलाई पराजित गरेका हुन्।
नेताका लागि भएको निर्वाचनमा जोनसनले ९२ हजार १५३ मत पाए भने हन्टले ४६ हजार ६ सय ५६ मत पाएका थिए।
हन्ट टेरिजा मे सरकारका विदेशमन्त्री हुन् ।जोनसनले बुधबार प्रधानमन्त्री पद सम्हाल्नेछन् । ब्रेक्जिटलाई लिएर युरोपियन युनियनसँग गर्ने सम्झौता संसदबाट पास गर्न नसकेपछि प्रधानमन्त्री मेले पार्टी नेताबाट राजिनामा दिनुपरेको थियो।
प्रकाशित मिति: २१:३९ बजे, मंगलबार, साउन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









