Kathmandu Press

मुग्लिन-नौबिसे सडकमा पहिरो, यातायात अवरुद्ध

मुग्लिन-नौबिसे सडकमा पहिरो, यातायात अवरुद्ध

मुग्लिन, भदौ २२ : पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।

पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेको हो। पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि यात्रु र सवारी साधन बाटोमै अलपत्र परेका छन्। सवारी साधनको लामो लाइन लागेको छ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पठाइएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए।

यसअघि पनि पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ। वर्षा हुँदा यो क्षेत्रमा पहिरो खस्ने गरेको छ।

प्रकाशित मिति: ०८:०९ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्