नेपाल र पपुवा न्युगिनीबीचको खेल आज

काठमाडौं, भदौ २२ : नेपाली राष्ट्रिय टोली आज पपुवा न्युनिगीसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भिड्न लागेको छ।
आज बिहान ११ः१५ बजे नेपाल र पपुवा न्युनिगीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ। पपुवा न्युगिनीसँगको दोस्रो खेल शुक्रबार हुनेछ।
नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक शृंखला अघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो।
यसअघि नेपाल र पपुवा न्युगिनीले एकदिवसीय फर्म्याटमा चार वटा खेल खेलेका छन्। जसमा नेपालले एक र पपुवा न्युगिनीले तीन खेल जितेको थियो।
प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











