राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने
काठमाडौं, भदौ २२ : कोरोना भाइरसको महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ।सरकारले राष्ट्रिय जनगणना २०७८...
काठमाडौं, भदौ २२ : कोरोना भाइरसको महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ।
सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेसँगै जनगणनाको मिति तय भएको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो। त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। त्यसअघि भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्ने कार्यतालिका तय भएको छ।
प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











