Kathmandu Press

इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारतको सानदार जित

काठमाडौं, भदौ २२ : घरेलु टोली इंग्ल्यान्डविरुद्धको चौटो टेस्टमा भारत विजयी भएको छ।केन्निङटन ओभल लन्डनमा भएको चौथो टेस्टमा भारतले इंग्ल्यान्डमाथि १५७ रनले सानदार...
इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारतको सानदार जित

काठमाडौं, भदौ २२ : घरेलु टोली इंग्ल्यान्डविरुद्धको चौटो टेस्टमा भारत विजयी भएको छ।

केन्निङटन ओभल लन्डनमा भएको चौथो टेस्टमा भारतले इंग्ल्यान्डमाथि १५७ रनले सानदार जित निकालेको हो। यो सिजतसँगै भारतले ५ खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ।

पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत १५१ रनले विजयी भएको थियो। तेस्रो टेस्टमा इंग्ल्यान्ड एक इनिङ र ७६ रनले विजयी भएको थियो। पाँचौं टेस्ट म्यान्चेस्टरमा १० सेप्टेम्बरबाट सुरु हुनेछ।

दोस्रो इनिङमा भारतले दिएको ३६८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड २१० रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि हसीब हमीदले सर्वाधिक ६३ रन बनाउँदा रोरी ब्रुनर्सले ५० रनको योगदान दिए। यस्तै, कप्तान जो रुटले ३६ रन बनाए।

भारतका लागि  उमेश यादवले ३ तथा बुमराह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले दुई-दुई विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा १९१ रन मात्र बनाउन सकेपछि दोस्रो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै ४६६ रन बनाएको थियो। सोक्रममा रोहित शर्माले शतकीय योगदान दिए भने चेतेश्वर पुजारा, ऋषव पन्त र शार्दुल ठाकुले अर्धशतकीय योगदान दिए।

टेस्ट क्रिकेटमा विदेशी भूमिका पहिलो शतक बनाएका रोहितले २५६ बल खेल्दै १४ चौका र १ छक्काको मद्दतमा १२५ रन बनाए। यस्तै, पुजाराले ६१ रन बनाउँदा ठाकुरले ६० रन बनाए भने पन्तले ५० रन बनाए। यस्तै केएल राहुलले ४६ र कप्तान विराट कोहलीले ४४ रन बनाए।

पहिलो इनिङमा भारतका लागि शार्दुल ठाकुर र विराट कोलीले अर्धकशतक बनाएका थिए। अन्य ब्याट्सम्यान भने चल्न नसक्दा भारत १९१ रनमै अलआउट भएको थियो।

पहिलो इनिङमा भारतलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका क्रिस वोक्सले ४ तथा ओली रोबिन्सनले ३ विकेट लिएका थिए। यस्तै दोस्रो इनिङमा वोक्सले ३ तथा रोबिन्सन र मोइन अलीले २-२ विकेट लिए।

पहिलो इनिङमा इंग्ल्यान्डले २९० रन बनाएको थियो। उसका ओली पोपले सर्वाधिक ८१ रन बनाउँदा क्रिस वोक्सले ५० रन बनाएका थिए । भारतका उमेस यादवले ३ तथा जस्प्रित बुमराह र रविन्द्र जडेजाले २-२ विकेट लिए।

प्रकाशित मिति: ०६:४० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्